Popular Posts

Tuesday, January 20, 2015

शाखा अधिकृत - सम्भावित ५० प्रस्नोत्तर !!

शाखा अधिकृत - सम्भावित ५० प्रस्नोत्तर !!

1. १८औं सार्क सम्मेलनसम्म सार्कका कतिवटा क्षेत्रीय केन्द्र छन् ? - 11
2. १८औं सार्क शिखर सम्मेलनका क्रममा कतिवटा केन्द्रहरु खारेज भएका हुन्? - 3
3. १८औं सार्क शिखर सम्मेलनका क्रममा खारेज भएका केन्द्रहरु कुन कुन हुन् ? -सार्क सूचना केन्द्र, मानव संसाधन केन्द्र र सार्क अनुसन्धान केन्द्र
4. बैठकले प्रस्ताव गरेको सो सिफारिसलाई कहिलेबाट लागू गरिनेछ ? - सन् २०१६ डिसेम्बरदेखि
5. अठारौं सार्क सम्मेलनका क्रममा सार्कको कार्यक्रम समितिको बैठकले कुन कुन - केन्द्रलाई आपसमा गाभेर एउटै केन्द्र बनाउँन सिफारिस गरेको हो ?
वन व्यवस्थापन केन्द्र, विपद् व्यवस्थापन केन्द्र, तटीय क्षेत्र व्यवस्थापन केन्द्र र जलवायु अनुसन्धान
6. हालेमाउमाउ भनेको के हो ? – अमेरिकामा गएको ज्वालामुखी
7. न्यूजिल्याण्डका राष्ट्रप्रमुख को हुने गरेका छन् ? – बेलायती महारानी वा महाराज
8. क्लष्टर बममाथि विश्वव्यापी प्रतिबन्ध लगाउनेसम्बन्धी अन्र्राष्ट्रिय सम्मेलन कहाँ भएको थियो ? – नर्वेको ओस्लोमा
9. नेपालमा राष्ट्रिय योजना आयोगको गठन कहिले भएको हो ? – २०२९ जेष्ठ २९
10. “जापानमा ६ वर्ष” नामक पुस्तकका लेखक को हुन् ? – के.बी. मअर्जन
11. प्रचलित राष्ट्रिय गानलाई नेपाल सरकारले कहिले अनुमोदन गरेको हो ? – वि.सं. २०६४ साउन १६
12. नोबेल पुरस्कारको स्थापना कहिले भएको हो ? - सन् १८९५ नो. २७
13. मरणोपरान्त नोबेल पुरस्कार पाउने दुई व्यक्ति को को हुन ? - ड्यागह्यामरसोल्ड र इरिक एक्सेल कार्लफडेल्ट
14. मरणोपरान्त नोबेल पुरस्कार कहिलेबाट बितरण रोकियो ? - सन् १९७४
15. सार्क बडापत्रमा हस्ताक्षर गर्ने एक मात्र प्रधानमन्त्री को हुन् ? – राजीव गान्धी (भारत)
16. भारतका पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलाम कहिले नेपाल आउनु भएको थियो ? – मंसिर २, २०६५
17. बाल अधिकार महासन्धिमा कति धारा छन ? –४२
18. ‘सम्बन्धहीन सम्बन्धहरु ’ नामक कथाका लेखिका को हुन ? –कविता वस्नेत
19. राजा ज्ञानेन्द्रले नारायणहिटी कहिले छोडेका थिए ? –वि.सं. २०६५/२/२९
20. नेपालमा मानवाधिकार आयोग कहिले स्थापना भयो ? –२०५७ जेठ १३
21. '५२ कुटि ७२ कुण्ड को शहर' कुनलाई बुझिन्छ ? –जनकपुर
22. नेपाल सरकारका हालका मुख्य सचिवको नाम के हो ? – लीलामणी पौडेल
23. निजामती सेवाको लोगो डिजाईनर को हुन ? –भीमबहादुर थापा
24. नेपालले सन् २०१३ अप्रिल १२ (पपुवा न्युगिनी) सम्म १३८ वटा मुलुकसँग दौत्य सम्बन्ध कायम गरेको छ ।
25. 'सीमसारका राजदुत' नामक पुस्तकका लेखक मोहन कोइराला हुन् ।
26. नेपाल राष्ट्र बैंकले प्रत्येक दिन जम्मा पाँचवटा मुद्राको खरिददर तोक्दछ ।
27. कम्प्युटरमा नेपाली फन्ट तयार गर्ने पहिलो नेपाली मुनिबहादुर शाक्य हुन् ।
28. नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई तथा साहित्यकार डायमण्ड शमशेर (सेतो बाघ उपन्यासका लेखक) को निधन २०६८ फागुन २० मा भएको हो ।
29. लोकतन्त्रपछि नेपालले विदेशीलाई दिने सबैभन्दा ठूलो पदवी - महाउज्वल राष्ट्रद्वीप
30. संसदीय व्यवस्थामा छायाँ प्रधानमन्त्री भन्नाले - संसदका विपक्षी नेतालाई चिनिने
31. नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने पछिल्लो मुलुक - पपुवा न्यूगिनी (२०१३ अप्रिल १२)
32. नेपालमा हाल -29 वटा देशका राजदुतावास रहेका छन् ।
33. नयाँ वर्षका रुपमा बैशाख १ गतेलाई मनाउने प्रचलन - चन्द्र शमशेरले चलाएका
34. मोहियानी हकको अन्त्यः २०५३ पौष २४
35. नेपालमा राष्ट्र ऋण उठाउने ऐन बनेकोः वि.सं. २०१७
36. शरिरमा पाइने मांशपेशीका प्रकारः ३
37. रगत जमाउने भिटामिनः भिटामिन के (K)
38. मनिट्रिप प्रोटोकलः ओजन तहसँग सम्बन्धित
39. ISO 9000: गुणस्तरसँग सम्बन्धित
40. २०६८ को जनगणनानुसार ग्रामीण क्षेत्रको जनघनत्वः १५३ र सहरी क्षेत्रको जनघनत्वः १३८१ प्रति वर्ग किलोमिटर
41. OPD को पूरा रुपः Other Patient Department
42. स्तुपालाई अर्को नामः धातुगर्भले पनि चिनिने
43. शरीरमा खोपेर बुट्टा तथा चित्र बनाउने सँस्कृति रहेको नेपालको जातिः थारु
44. नेपालमा सबैभन्दा धेरै बोलिने भाषाः नेपाली (44.6%)
45. सर्वप्रथम नेपाली भाषालाई राजभाषाका रुपमा प्रयोग गर्ने राजाः नागराज
46. किसान जातिले बोल्ने भाषाः द्रविड
47. गनगाइ जातिले मनाउने गाइवस्तुको पछाडि सुँगुर बाँधेर घिस्याउने रमाइलो पर्वः दुराहा
48. २०७० सालका लागि २०७१ सालमा साझा पुरस्कार प्रदान गरिएकोः इतिहासविद शिव रेग्मी
49. नेपाल सरकारको सचिव पदमा पुग्ने पहिलो महिलाः चन्द्रकला किरण
50. रुस र इरानको बीचमा पर्ने तालः क्यास्पियन सागर
51. 'Home of Man' का उपनामले चिनिने महादेशः एसिया
52. पहिलो महिला अन्तरीक्षयात्री भेलेन्टिना तेरेस्कोभा अन्तरीक्षमा बसेकीः ३ दिन
53. सुशिल कोइराला नेपालका प्रधानमन्त्री निर्वाचितः २०७० माघ २७

No comments:

Post a Comment