Popular Posts

Monday, January 19, 2015

प्रश्नोतरहरुको संगालो

इङ्ल्याण्डमा क्रिसमसको बेला एकअर्कालाई क्रिसमस गिफ्टको रुपमा कुन फल उपहारका रुपमा दिइन्छ ?
– सुन्तला
• सन् १४९२ मा क्रिस्टोफर कोलम्बस मध्य अमेरिकी मुलुक हाइटी पुग्दा कुन खानेकुरा पत्ता लगाएका थिए ?
– बदाम
• तेलको महासागर भन्नाले हिन्द महासागरलाई बुझाउँछ भने वाणिज्यको महासागर भनेर कुन महासागरलाई चिनिन्छ ?
– आन्ध्र महासागर
• विश्वको सबैभन्दा लामो हिमनदी ल्याम्बर्ट ग्लेसियर हो भने यो कुन महादेशमा पर्दछ ?
– अन्टार्कटिका
• अफ्रिकी महादेशमा पाईने घाँसे मैदानलाई भेल्ड भनिन्छ भने अस्ट्रेलियामा पाईने समशितोष्ण घाँसे मैदानलाई के भनिन्छ ?
– डाउन्स
• श्री ३ भिमशमशेरका बाबु धीर शमशेर हुन भने आमा को थिईन् ?
– नन्दकुमारी

• वि.स१९८८ मा भिम शमशेरले कुन जातिकी सीता महारानीलाई श्री ३ बडामहारानीको पदवी दिएका थिए ?
– तामाङ
• कुन श्री ३ प्रधानमन्त्रीको शासनकालमा नेपालबाट मृत्युदण्ड हटाईएको थियो ?
– श्री ३ भिमशमशेरको पालामा
• संविधानसभा २ को प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको जन्म कुन जिल्लाको पाङराङ भन्ने ठाउँमा भएको थियो ?
– पर्वत
• दिल्ली राज्यको इतिहासमा सबैभन्दा कम उमेरमा मुख्यमन्त्री बन्ने व्यक्ति को हुन् ?
– चौधरी ब्रह्मप्रकाश ( ३४ बर्ष )
• अरबिन्द केजरीवालले दिल्लीमा आम आदमी पार्टीको दर्ता कहिले गराएका थिए ?
– सन् २०१३ अक्टोबर
• अरबिन्द केजरीवालको पार्टी आम आदमी को मुख्य नारा के रहेको छ ?
– जनताको शासन ( स्वराज )
• अमेरिकाको प्रसिद्द साप्ताहिक पत्रिका टाइमले सन् २०१३ को म्यान अफ द इयर कुन प्रभावशाली व्यक्तिलाई घोषणा गरेको थियो ?
– पोप फ्रान्सिस
• फ्रान्समा वार्षिक १० लाख युरोभन्दा बढी कमाउनेले सरकारलाई कति प्रतिशत कर तिर्नुपर्छ ?
– ७५ प्रतिशत
• दैनिक ३५ हजार लिटरभन्दा बढी दूध उत्पादन हुने इलामा जिल्लामा अधिकाशं दूध के उत्पादनमा खपत हुने गर्दछ ?
– चिज
• नेपालमा प्रथम पोल्ट्री दिवस कहिले मनाईयो ?
– २०७० पुस १७ गते
• २०७० साल पुस ७ गते नेपाल – भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति बैठकमा सहमति भएअनुसार प्रतिव्यक्ति कति हजार रुपियाँसम्म मात्र नेपाल ल्याउन पाईने सिमा तोकिएको छ ?
– २५ हजार
• वाग्मती सभ्यता बचाउ अभियानका अभियन्ताका रुपमा कसलाई चिनिन्छ, जो नेपालका प्रथम कृषि इन्जिनियर पनि हुन ?
–हुतराम वैद्द
• वाग्मती सभ्यता बचाउ अभियानका अभियन्ता हुतराम वैद्दको ९४ बर्षको उमेरमा कहिले निधन भयो ?
– वि.सं २०७० पुस ९ गते
• नेपाली सेनामा कुन दर्जाभन्दा माथिल्लो तहमा बढुवा हुन नेसनल डिफेन्स कोर्स ( एनडीसी ) वा वार कोर्स गर्नुपर्ने नियम छ ?
– सहायक रथी
• नेपाली सेनामा कति बर्ष उमेरभित्रै एनडीसी ( नेसनल डिफेन्स कोर्स ) गरिसक्नुपर्ने प्रावधान छ ?
– ५३ बर्ष
• हाल निजामती सेवामा ८० हजार एक सय आठ कर्मचारी रहेका छन् । ती कर्मचारीमध्ये करिब कति प्रतिशत कर्मचारी उपत्यकाभित्र सेवारत छन् ?
– ५० प्रतिशत
• भारतमा भ्रष्ट्राचार नियन्त्रण गर्ने शक्तिशाली संस्था लोकपाल स्थापनासम्बन्धी कानुन कहिले पारित भएको हो ?
– २०१३ डिसेम्बर १८
• संविधानसभामा नेपाल सरकार ( मन्त्रिपरिषद् ) ले मनोनित गर्ने सदस्यको संख्या कति रहेको छ ?
– २६ जना
• हाल नेपालमा सञ्चालनमा रहेका ३१ वाणिज्य बैंकले निक्षेष्मा औसत कति प्रतिशत मात्र ब्याज दिन थालेका छन् ? – ४.८६ प्रतिशत
• नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार नेपालमा मोबाईल प्रयोगकर्ताको संख्या कति पुगेको छ ?
– १ करोड ९४ लाख ३ हजार २ सय ७३
• शिक्षा नै त्यस्तो महत्वपूर्ण हतियार हो , जसले संसार परिर्वतन गर्नसक्छ यो कुन प्रसिद्द व्यक्तिको भनाई हो ?
– नेल्सन मन्डेला
• ब्रिटिसले कहिलेदेखि भारतको दार्जीलिङ्गलाई एजुकेसन हबका रुपमा विकास गरेका हुन् ?
– सन् १८३५ देखि
• नोबेल शान्ति पुरस्कारका लागि महात्मा गान्धी पाँच चोटी मनोनयनमा परेका थिए भने जवाहरलाल नेहरु सो पुरस्कारका लागि कतिपटक मनोनयनमा परेका थिए ?
– ११ पटक
• राष्ट्रिय युवा कोषले २०७० सालको नारायणगोपाल संङगित पुरस्कार प्राप्त गर्ने कुन चर्चित युवा गायक हुन् ?
– शिव परियार
• नेपालको कुन एफएम रेडियोले हरेक नेपाली गीत प्रसारण भएबापत आधिकारिक रुपले स्रष्टालाई रोयल्टी अर्थात सम्मान रकम दिने गर्छ ?
– कान्तिपुर
• नई प्रकासनले देशविदेशका विभिन्न क्षेत्रका प्रतिभालाई हरेक बर्ष ११ लाख रुपियाँ बराबरको पुरस्कार प्रदान गर्छ । भन्नुहोस यस संस्थाको स्थापना कहिले भएको हो ? – वि.सं २०५२
• २०७० सालको नोना कोइराला स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कसलाई प्रदान गरियो ? – विक्रम निरौला
• विश्वकप फुटबल ट्रफी पहिलोपटक नेपालमा कहिले आईपुगेको हो ? – वि.सं २०७० पुस ६ गते
• विश्वकप फुटबल ट्रफी उचाल्ने पहिलो नेपाली को हुन् राष्ट्रपति ? – डा. रामबरण यादव
• हङ्कङ्मा क्रिकेटलाई ब्रिटिसरले कहिले भित्र्याएका हुन् ? – सन् १८४१

No comments:

Post a Comment